FLASH NEWS
  • Loading...

संविधान संशोधनभन्दा निर्वाचनलाई प्राथमिकता ः नेता नेपाल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


वालिङ, २० चैत । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधनभन्दा पनि निर्वाचनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

“देशलाई संवैधानिक सङ्कटबाट जोगाउन पनि आगामी माघभित्र तीनवटै निकायको निर्वाचन सक्नुपर्ने बाध्यता छ,” नेता नेपालले भन्नुभयो – “अब बहाना गरेर निर्वाचनलाई अल्मल्याउन भन्दा तोकिएको समयमै निर्वाचन गर्नुपर्छ ।”

आज स्याङ्जाको गल्याङमा तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले लामो समयदेखि स्थानीय निकाय कर्मचारीको भरमा रहेकाले जनप्रतिनिधि छिटोभन्दा छिटो तयार गरी देशलाई आर्थिक समृद्धितर्फ लैजानु समयको माग हो भन्नुभयो ।

“वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन हुन्छ यसमा ढुक्क हुनुहोस्,” नेता नेपालले भन्नुभयो –“अब सबै निर्वाचनको तयारीमा लाग्नुहोस् । गाउँ गाउँमा माहोल तताउनुहोस् ।” नेता नेपालले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने र कृषि उत्पादन बढाउने योजनाहरु ल्याउनुपर्नेमा पनि जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित