FLASH NEWS
  • Loading...

देश असाधारण ध्रुवीकरणतर्फः अध्यक्ष ओली

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २० चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश असाधारण र स्पष्ट ध्रवीकरणतर्फ गएको बताउनुभएको छ ।

एमाले काठमाडौँ जिल्ला सङ्गठन कमिटीद्वारा यहाँ आयोजित पार्टी ‘सदस्यता सपथ ग्रहण तथा चुनावी अभियान सुभारम्भ समारोह’लाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यतिखेर यो निर्वाचन एउटा असाधारण, अभूतपूर्व र स्पष्ट ध्रवीकरणमा हुन गइरहेको छ, यसबाट राष्ट्रियताको पक्षधर स्वाभिमानी शक्ति एकातिर र अरु तत्कालको फाइदा हेर्ने स्वाभिमान नभएका अर्कातिर ध्रुवीकृत हुनेछन् ।”

अध्यक्ष ओलीले कुनै पनि तत्वले अवरोध गरे पनि निर्वाचन अनिवार्य हुने भन्दै तीनवटै तहको निर्वाचनमार्फत मुलुक लोकतान्त्रिक प्रणालीअन्तर्गत चल्ने धारणा राख्नुभयो । पछिल्लो समय एमालेप्रति जनलहर बढेको र यसबाट आत्तिएर कतिपय राजनीतिक दल निर्वाचन नहोस् भन्ने चाहनामा रहेको उहाँको भनाइ थियो ।

सत्तारुढ दलप्रति कटाक्ष गर्दै एमाले अध्यक्ष ओलीले सरकार गठन भएको लामो समय बितिसक्दा पनि भूकम्पपीडितलाई अझैसम्म प्रभावकारी राहत उपलब्ध गराउन नसकेको आरोप लगाउनुभयो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा काठमाडौँमा एमालेलाई अब्बल सङ्गठन बनाउन निर्वाचन अभियान सुरु गरिएको बताउनुभयो ।

एमाले काठमाडौँ जिल्ला सङ्गठन कमिटीका अध्यक्ष कृष्ण राईले एमालेको सङ्गठनलाई सुदृढ ढङ्गले परिचालन गरी निर्वाचनमा बलियो पार्टी बनाउन सशक्त ढङ्गले लाग्ने बताउनुभयो । सो अवसरमा अध्यक्ष ओलीले एक हजार २७६ कार्यकर्तालाई पार्टी सदस्यको सपथ खुवाउनुका साथै निर्वाचन अभियान परिचालनका लागि संयोजक कृष्ण राईलाई पार्टीको झण्डा प्रदान गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित