- Loading...
कोइराला सेवा समाजको अध्यक्षमा माधव
- गोल्डेन खबर
- ७ साल अघि
- ९७ पटक पढिएको
काठमाडौं÷कोइराला सेवा समाजको अध्यक्षमा माधवप्रसाद कोइराला निर्वाचित भएका छन् । समाजको विराटनगरमा हालै सम्पन्न ८ औ महाधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत रुपमा चुनेको हो । समाजको विद्यान अनुसार अध्यक्ष र अन्य १८ जना सदस्यसहित केन्द्रीय समिति १९ जना रहने व्यवस्था छ । सोही प्रावधान अनुसार केन्द्रीय सदस्यमा रामहरि कोइराला, जीवनचन्द्र कोइराला, अनुमा कोइराला, श्रीप्रसाद कोइराला र सूर्य कोइराला लगायत १८ जना निर्वाचित भएका छन्् । समाजको उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायतका पदाधिकारी केन्द्रीय सदस्यहरुबाटै मनोनित गरिने व्यवस्था छ । नव निर्वाचित सदस्य रामहरि कोइरालाले समाजलाई आगामी दिनमा अझ शसक्त रुपमा क्रियाशील पारिने बताए । ‘समाजलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने योजना छ’ उनले भने ‘कोइराला सेवा समाज जातित्वको घेरामा सिमित नरही मुलुकको चौतर्फी विकासमा अग्रसर भएर लाग्छ ।’
महाधिवेशनमा ४७ जिल्लाका एक हजार भन्दा बढी कोइराला बन्धुहरुको जमघट भएको थियो । तर महाधिवेशन प्रतिनिधि भने ६ सय भन्दा बढी थिए ।
महाधिवेशनमा समाजले मुलुकको विभिन्न क्षेत्रमा योगदान पु¥याएका पूर्व मुख्य सचिव डा. बिमल कोइराला, पूर्व राजदूत तथा वामपन्थी नेता कमल कोइराला, पूर्व साँसद बिपिन कोइराला, प्रा.डा. हरिशरण उपाध्याय कोइराला, गायिका हरिदेवी कोइराला, जीउँदो शहीद तारानाथ कोइराला, रुक्मिणी कोइराला लगायतका कोइराला बन्धुहरुलाई सम्मान समेत गरेको थियो ।