FLASH NEWS
  • Loading...

युनिभर्सिटी क्रिकेट कप : शङ्करदेव कलेज विजयी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७२ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २४ चैत । युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भएको ‘युनिभर्सिटी क्रिकेट कप प्रतियोगिता–२०७३’अन्तर्गत आज भएको खेलमा शङ्करदेव कलेजले लवरेन्स कलेजलाई पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा शङ्करदेवले लवरेन्स कलेजलाई ४९ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको शङ्करदेव २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १६३ रनको योगफल तयार ग¥यो । जवाफी ब्याटिङमा उत्रेका लवरेन्स १८ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ११४ रनमा समेटियो ।

शङ्करदेवको जितमा आयुशमान बमले ६१ रनको योगदान दिए । त्यस्तै सोमेस यादवले ३५ तथा अरुण ऐरी र रबीन चन्दले समान १६÷१६ रन जोडे । लवरेन्सका इसान सिंह बानियाले तीन विकेट लिए भने अभिशेष थापाले दुई विकेट लिए ।

यता लवेरेन्सले ब्याटिङ गर्ने क्रममा अमित श्रेष्ठले ३२, प्रसुन थापाले २१ तथा अभिशेष थापाले १८ रन जोडे । लवरेन्सलाई सस्तैमा समेट्ने क्रममा शङ्करदेवका प्रकाश विष्ट, आशिष पोखरेल, लोकेन्द्र धामी तथा विनोद भटृराईले समान दुई दुई विकेट लिए ।

त्यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा नेपाल कर्मस कलेजले कसमस कलेज अफ म्यानेजमेन्टलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कसमसले १४ दशमलव ४ ओभरमा सवै विकेट गुमाउदै ६७ रनमा समेटियो । ६८ रनको लक्ष्य पाएको कर्मश कलेजले ६ दशमलव ३ ओभरमा दुई विकेट गुमाउदै सो लक्ष्य भेटृायो । कसमसलाई सस्तैमा समेट्नेक्रममा कर्मस कलेजका नबीन थापा एक्लैले ६ विकेट लिए भने लोकेन्द्र चन्द, बसन्त खत्री र पवन श्रेष्ठले समान एक ÷एक विकेट लिए ।

कर्मस कलेजको जितमा प्रकाश विष्टले ३४ तथा हिमाशु दत्तले २१ रनको योगदान दिए । कसमसका दीपक कठायत र वीवेक साउतले समान एक ÷एक विकेट लिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित