FLASH NEWS
  • Loading...

बिषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail


पोखरा, २४ चैत । पोखरा–लेखनाथ महानगरपालिका वडा नं १६ लामाचौरमा जङ्गली च्याउ पकाएर खाँदा आज थप एक जनाको मृत्यु भएको छ ।

गत शनिबार जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएपछि बिरामी परेका आठ वर्षीय सोनम मगरको चरक मेमोरियल अस्पताल पृथ्वीचोकमा उपचारका क्रममा मृत्यु भएको हो । यो सँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने एक जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

विषालु च्याउ खाँदा गएराति गण्डकी मेडिकल कलेजमा १९ वर्षीया मनमाया तामाङ र मनिपाल शिक्षण अस्पतालमा ६० वर्षीया माइली तामाङको उपचारका क्रममा मृत्यु भएको थियो ।

च्याउ खाएर बिरामी परेका १२ वर्षीय आयुष मगरको काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको जनाएको छ । माइली तामाङ र मनमाया तामाङ आमाछोरी हुन् भने सोनम थापा मृतकको बहिनीका छोरा भएको प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित