FLASH NEWS
  • Loading...

अटो रिक्सामा सल बेरिँदा महिलाको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail

बर्दिया, २४ चैत । अटो रिक्सामा सल बेरिँदा आज यहाँ एक महिलाको मृत्यु भएको छ ।

कैलालीको टीकापुरदेखि बर्दियाको राजापुरतर्फ आउँदै गरेको से १ ह १०५१ नं को अटो रिक्सामा सवार टीकापुर नपा–५ निवासी ३२ वर्षीय शान्ति दाहालको रिक्सामा सल बेरिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक हरिचरण भट्टले बताउनुभयो ।

प्रहरीले अटो रिक्सा चालक कैलाली टीकापुर–९ का कृष्ण परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित