FLASH NEWS
  • Loading...

डुबेर दुई बालिकाको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४७ पटक पढिएको
Post Thumbnail

स्याङ्जा, २४ चैत्र । पौडी खेल्ने क्रममा डुबेर स्याङ्जाको पुतलीबजार–६ पुरीसरामा आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिलकुमार प्रधानका अनुसार स्थानीय नेवारी खोलामा पौडी खेल्ने क्रममा स्थानीय सुनिता गुरुङ र चाँदनी गुरुङको मृत्यु भएको हो । दुवै जनाको उमेर १२ वर्ष रहेको छ ।

प्रहरीका अनुसार मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । यसबारेमा थप अनुसन्धान सुरु भइरहेको प्रहरीले बताएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित