FLASH NEWS
  • Loading...

फुटबलमा भुटानले नेपाललाई उछिन्यो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail

Nepal national football team players and officials after their farewell programme in Lalitpur on Thursday. Photo: Naresh ShresthaTHT

काठमाडौँ, २४ चैत । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले जारी गरेको नयाँ विश्व वरियतामा भुटानले नेपाललाई पछि पारेको छ ।

फिफाले आज सार्वजनिक गरेको वरियतामा तेह्र स्थान उक्लिएर भुटान १६४औँ स्थानमा पुगेको छ । नेपालल भने १७०औँ स्थानमा यथावत रहेको छ ।

सार्क राष्ट्रमा भारत सबैभन्दा अगाडी छ । भारत ३१औँ स्थान माथि उक्लिएर १०१औँ स्थानमा पुगेको छ । त्यस्तै माल्दिभ्स ११ स्थान तल झर्दै १५१औं स्थानमा छ भने अफगानिस्तान तीन स्थान माथि उक्लिएर १५३औँ स्थानमा रहेको छ । बङ्गलादेश १९३, श्रीलङ्का १९७ तथा पाकिस्तान २०१औँ स्थानमा छ ।

ब्राजिल सात वर्षपछि विश्व वरीयताको शीर्ष स्थानमा उक्लेको छ । त्यस्तै अर्जेन्टिना दोस्रो तथा जर्मनी तेस्रो स्थानमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित