FLASH NEWS
  • Loading...

दैनिक एकहजार सवारी चालकलाई कारबाही

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, २५ चैत । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक एक हजारभन्दा बढी सवारीसाधन कारबाहीमा पर्ने गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार लेन अनुशासन, जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन, बिनालाइसेन्स सवारी चलाउनेलगायत शीर्षकमा दैनिक एक हजारभन्दा बढी सवारी कारबाही हुने गरेको हो ।

महाशाखाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले दैनिक दुई हजारभन्दा बढी सवारीसाधन जाँच गर्ने र एक हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरिएको बताउनुभयो । उहाँले लेन अनुशासन, मापसे, लाइसेन्स जाँच, जथाभावी सवारी पार्किङलगायत कामलाई कडाइका साथ जाँच गरेपछि दुर्घटनामा केही कमी आएको बताउनुभयो ।

महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई अवस्थाअनुसार रु पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवानाका साथै एक घन्टा ट्राफिक जनचेतना कक्षा लिने गरेको छ । लेन काटेको सवारीसाधन भाग्न खोजे विभिन्न क्यामराका माध्यमबाट फोटो खिच्ने र कारबाहीको दायरामा ल्याउने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित