FLASH NEWS
  • Loading...

निर्वाचनमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको माग

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५२ पटक पढिएको
Post Thumbnail

सिन्धुली, २५ चैत । अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । दलहरु निर्वाचनको तयारीमा होमिएका छन् । तर महिला प्रतिनिधित्वका सवालमा भने खासै चर्चा भएको पाइएको छैन ।

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ जिल्ला कार्यसमितिले स्थानीय निकायको निर्वाचनमा प्रमुख पदका लागि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने माग राखेको छ ।

महिला सङ्घले पार्टीको जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख पदमा ३३ प्रतिशत महिलालाई निर्वाचनमा अनिवार्य टिकट दिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको महिला सङ्घका जिल्ला अध्यक्ष गङ्गा दाहालले बताउनुभयो । स्थानीय तहमा महिला सहभागिता बढाउनका लागि वडामा दुईजना सदस्य र स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था गरेको छ ।

गाउँपालिका तथा नगरपालिकाका वडामा उम्मेदवारी दिँदा अध्यक्ष पदमा एक तिहाइ महिला अनिवार्य हुनुपर्नेलगायत आठ बुँदे माग राखेको अध्यक्ष दाहालले बताउनुभयो । नगरपालिकामा नगर प्रमुख र उपप्रमुख मध्ये अनिवार्य एक पदमा महिला हुनुपर्ने भए पनि काँग्रेसले कम्तीमा ३३ प्रतिशत नगर प्रमुखमा महिला उम्मेदवार बनाउनुपर्ने माग राखेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित