FLASH NEWS
  • Loading...

मनपरी शुल्क लिने कार्य रोक्न माग

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २५ चैत । सात विद्यार्थी सङ्गठनले निजी शिक्षण संस्थाले भर्नाका नाममा मनपरी शुल्क लिने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ, केन्द्रीय कार्यालयमा आज बसेको सात विद्यार्थी सङ्गठनको बैठकले पूर्वप्राथमिक तह(मन्टेश्वरी)मा शिक्षण संस्था भर्नाका नाममा मासिक रु एक लाखसम्म लिएकामा आपत्ति जनाएको छ ।
अनेरास्ववियुका कावा अध्यक्ष रश्मि आचार्यले सरकारले तोकेको मापदण्डलाई निजी शिक्षण संस्थाले बेवास्ता गर्दै मनपरी शुल्क लिने गरेकाले तत्काल बढी शुल्क लिने कार्य बन्द गर्न सरकारसँग माग गरिएको जानकारी गराउनुभयो ।

“अभिभावकको ढाड सेक्ने गरी अत्यधिक शुल्क लिने गरेका छन्”, उहाँले भन्नुभयो, “सरकारले शिक्षण संस्थाले मनपरी रुपमा लिएको शुल्क नरोके आफूहरु बाध्य भएर आन्दोलनमा उत्रन्छौँ ।”
बैठकले केन्द्रीय शुल्क अनुगमन समितिमार्फत शिक्षण संस्थाको भर्ना र शुल्कबारे अनुगमन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गर्दै शैक्षिकसत्र सुरुसँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन र अवैधानिक तरिकाले खोलिएका विद्यालय बन्द गर्न सरकारसँग माग गरेको छ ।

बैठकमा नेविसङ्घका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका कावा अध्यक्ष आचार्य, अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विजयदेव भट्टराई, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष नीरज लबजु, तराई–मधेस विद्यार्थी फ्रन्टका मनिष मिश्रलगायतको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित