FLASH NEWS
  • Loading...

प्रदेशस्तरीय कराते प्रतियोगिता सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५५ पटक पढिएको
Post Thumbnail


रुपन्देही, २५ चैत । बुटवलमा आजदेखि प्रदेश नम्बर पाँचस्तरीय कराते प्रतियोगिता सुरु भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी रूपन्देहीको आयोजनामा बुटवल–१० रामनगरस्थित खेल मैदानमा आज प्रतियोगिताको एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले उद्घाटन गर्नुभयो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विभिन्न जिल्लाका ३६० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटन दिनको खेलमा कुमुतेतर्फमा ३२ केजी तौल समूहमा रुपन्देहीका सुरेश राना र रोल्पाका आजादसिंह रानामगर तथा ३७ केजी तौल समूहमा कपिलवस्तुका सुशील थारु र रोल्पाका मोहन बुढा फाइनलमा पुगेका छन् । आजै भएको टिम कातातर्फको प्रतियोगितामा रोल्पा प्रथम, बाँके द्वितीय तथा दाङ र नवलपरासी तृतीय भएका छन् । व्यक्तिगत कातातर्फको बोयजमा रुपन्देहीका दीपराज थापा प्रथम, रिसव पाण्डे द्वितीय तथा रोल्पाका शीतल विष्ट र बाँकेका युवराज सिंह तृतीय भएका छन् ।

यसैगरी गल्र्स टिम कातातर्फ रुपन्देही प्रथम, रोल्पा द्वितीय तथा पाल्पा र दाङ तृतीय भएका छन् । व्यक्तिगत गल्सतर्फ रुपन्देहीका पुजा दर्नाल प्रथम, कपिलवस्तुका निशा खनाल द्वितीय तथा पाल्पाकी दिया थापा र रुपन्देहीका दिवाना पुन तृतीय भएका छन् । शनिबार प्रतियोगिताको फाइनल खेल हुने मदन भण्डारी स्पोर्टस एकेडेमी रूपन्देहीका अध्यक्ष नन्दु काउचाले बताउनुभयो । प्रथम पुस्कार रु ५० हजार नगद र सिल्ड राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित