FLASH NEWS
  • Loading...

मनाङमा अन्धकार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail

Dnes je z Manangu d?le?itá aklimatiza?ní zastávka na treku kolem masivu Annapúrny a vesnice aspiruje na to, aby se stala významným lokálním turistickým centrem a koncovou destinací pro pobytový horský turismus.


मनाङ, २६ चैत । हिमालपारिको जिल्ला मनाङमा विद्युत् प्रवाहमा समस्या हुँदा सरकारी तथा अन्य काम प्रभावित भएका छन् ।

विद्युत् नहुँदा जिल्ला सदरमुकाम चामेलगायत आसपासका गाउँ अन्धकार भएका छन्् । स्थानीय स्यल्क्यु खोला लघु जलविद्युत् आयोजना बन्द भएपछि सदरमुकाम अन्धकार भएको हो ।

विश्वविख्यात अन्नपूर्ण पदमार्गको गन्तव्य मानिने मनाङ सदरमुकाम चामे, थानचोक, तिमाङलगायत स्थानमा लक्ष्य गरी निर्मित ४५ किलोवाट क्षमताको स्यल्क्यु खोला लघु जलविद्युत् आयोजनाको जेनेरेटरमा समस्या देखिएपछि मर्मतका लागि आयोजना बन्द गरिएको प्रजिअ कमलराज भण्डारीले बताउनुभयो ।

आयोजनामा जडित जेनेरेटरमा खराबी उत्पन्न भएको र विद्युत् सेवा बन्द भएपछि विद्युत्बाट सञ्चालन हुने टेलिफोन र मोबाइल सेवा पनि चल्न समस्या भएको स्थानीय प्रशासनले जनाएको छ ।

बिजुली र सञ्चार सेवा दुवै बन्द भएपछि सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारीका साथै अन्नपूर्ण चक्रीय मार्गका लागि चामे पुगेका पर्यटक बढी समस्यामा छन् ।

लमजुङ सदरमुकाम बेँसीसहरदेखि तीन÷चार दिनको यात्रापछि मात्रै पुगिने चामेमा पर्यटकले टेलिफोन तथा इमेल÷इन्टरनेट चलाउन पाएका छैनन् । चामेमा २०४२ सालमा स्थापित साना जलविद्युत् आयोजना बिग्रिएका कारण स्थानीय बासिन्दाले पटक पटक सास्ती खेप्दै आउनुपरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित