FLASH NEWS
  • Loading...

१३ वर्षपछि हत्यारा पक्राउ

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४९ पटक पढिएको
Post Thumbnail

पर्वत, २६ चैत । झन्डै १३ वर्ष पहिले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्म कैद सजाय सुनाइएकासँग नक्कली नेपाली नागरिकता भएको पाइएको छ ।

बिहादी गाउँपालिका–५ उरामपोखराका लिटल थापालाई अदालतले सजाय सुनाएपछि सजायबाट जोगिन जिल्ला प्रशासन कार्यालय पर्वतबाट नक्कली कागजात पेस गरेर नाम परिवर्तन गरी नक्कली नागरिकता लिएको पाइएको हो ।

उनन्तीस वर्षीय थापालाई २०६० जेठ ४ गते बेउलीबासका रोशन रानालाई धारिलो हतियार प्रयोग गरी ज्यान लिएको अभियोगमा पर्वत जिल्ला अदालतले २०६७ माघ १ गते जन्मकैद सजाय सुनाएको थियो । त्यही वर्ष नै थापाले नक्कली नाम प्रयोग गरी जिल्ला प्रशासन कार्यालयबाट मानसिंह थापाका नाममा नक्कली नेपाली नागरिकता प्रमाणपत्र लिएको प्रहरी अनुसन्धानबाट पाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हुवासले थापालाई सुराकीका आधारमा १३ वर्षपछि पक्राउ गरेर पर्वत जिल्ला अदालतमा बुझाएको छ । इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलको विशेष टोलीले गत बिहीबार उनलाई पक्राउ गरी पर्वत जिल्ला अदालतमा पेस गरेको हो ।

आफ्नै घरमा लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका थापालाई प्रहरीले अदालतमा बुझाई अदालतद्वारा पर्वत कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।

अभियुक्त थापासहित बेउलीबास गाविस–३ बस्ने दिलप्रताप सेन, लक्ष्मण सेन, रामबहादुर पुलामी, रेशमबहादुर थापा, दीपसानु थापा र लिटलसमेत छ जनालाई अदालतले जन्मकैदको फैसला गरेको थियो । भलिबल खेलको हारजितको सामान्य विषयलाई लिई धारिलो हतियार हान्दा बेउलीबासका रानाको ज्यान गएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित