FLASH NEWS
  • Loading...

भूकम्पपीडितकाको जस्तापाता वीरगन्जमै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail


पर्सा, २७ चैत । भूकम्पपीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको करोडौँ रुपैयाँ मूल्यको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ ।

नेपाल सरकारको आदेशमा साल्ट्र टे«डिङ कर्पोरेसनले भारतबाट आयात गरेको रु २६ करोड मूल्यको जस्तापाता वीरगन्जको नेपाल खाद्य संस्थानको खुल्ला आकाशमुनि चौरमा भण्डारण गरेर राखिएको हो । भूकम्पपीडितलाई वितरण गर्नका लागि साल्ट्र टे«डिङले २०७२ सालको साउनमा भारतबाट वीरगन्ज नाका हुँदै ५० हजार बन्डलमा रहेको ३० लाख २० हजार ६६२ केजी जस्तापाता आयात गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । ती सबै जस्तापाता खुल्ला चौरमै राखिएका कारण खिया लागेर बिग्रिने अवस्थामा पुगेका छन् ।

आपूर्ति मन्त्रालयको आपूर्ति तथा व्यापार विभागबाट कुनै निर्देशन नआएकाले भूकम्प प्रभावित जिल्लामा जस्तापाता पठाउन नसकिएको साल्ट्र टे«डिङ कर्पोरेसन वीरगन्जका प्रमुख अमोज लामिछानेले बताउनुभयो । उहाँले सरकारकै निर्देशनमा आयात गरिएको जस्तापाता वीरगन्जको साल्ट ट्रेडिङ कर्पोरेसन परिसरमा ठाउँ नभएका कारण खाद्य संस्थान परिसरको खुल्ला चौरमा राखिएको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित