FLASH NEWS
  • Loading...

आइपिएलः मुम्बईको पहिलो जित, कोलकाता हार्‍यो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८६ पटक पढिएको
Post Thumbnail


चैत २८ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्सले पहिलो जित दर्ता गरेको छ । मुम्बाईको वाङखेडे रंगशालामा आइतबार राति भएको खेलमा मुम्बाईले कोलकाता नाइटराइडर्सलाई ४ विकेटले हराएको हो । १ सय ७९ रनको लक्ष्य मुम्बईले खेल सकिन एक बल बाँकी हुँदा ६ विकेट गुमाएर भेट्टायो । मुम्बईको जितमा नितिश रानाले ५०, पार्थिव पटेलले ३०, हार्दिक पाण्डेले नटआउट २९ तथा जोस बट्टलरले २८ रन बनाए । कोलकाताका अंकित राजपुतले तीन विकेट लिए । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । कोलकाताका लागि मनिष पाण्डेले नटआउट ८१ रन बनाए । यस्तै क्रिस लिनले ३२ तथा कप्तान गौतम गाम्भिरले १९ रन बनाए । मुम्बईका क्रुनल पाण्डेयले तीन तथा लासिथ मालिंगाले दुई विकेट लिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित