FLASH NEWS
  • Loading...

निर्वाचन नभए लोकतन्त्र समाप्त

  • गोल्डेन खबर
  • ७ साल अघि
  • २५४ पटक पढिएको
निर्वाचन नभए लोकतन्त्र समाप्त

|Ram Chandra Paudel (NC leader)

पाल्पा, ३० चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, पाल्पा शाखाको आयोजनामा आज तानसेनमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले भन्नुभयो – “मुलुकमा स्थानीय तहको निर्वाचन टार्ने कोसिस भइरहेको छ तर त्यो गलत हो ।”

मधेसी मोर्चाको मागप्रति लक्ष्यित गर्दै नेता पौडेलले भन्नुभयो – “सुधारिएको प्रस्ताव संसद्मा दर्ता भएको छ । संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ ।” पटक पटकको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित