FLASH NEWS
  • Loading...

माटोमा अम्लीयपन बढी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १४३ पटक पढिएको
Post Thumbnail

लमजुङ, ३१ चैत । अलँैची पकेट क्षेत्रको माटोमा अम्लीयपन बढी पाइएको छ ।

जिल्लाको घेर्मु, भुलभुले, बाँझखेतमा अलैँची बगानको माटो परीक्षण गर्दा अम्लीयपन बढी भएको पाइएको जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत रामचन्द्र सेढाईंले जानकारी दिनुभयो ।

क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा घुम्ती शिविरको आयोजना गरी माटो परीक्षण गरिएको थियो । माटो परीक्षण गर्दा क्षारीयपन, खाद्यतत्व, नाइट्रोजन, फस्फोरस, पोटासमध्ये अम्लीयपन बढी भेटिएको हो ।

क्षेत्रीय माटो प्रयोगशाला पोखराका वरिष्ठ ल्याब प्राविधिक टीकादत्त घिमिरे र हरिराम श्रेष्ठले माटोको परीक्षण गर्नुभएको थियो । प्राविधिकले अम्लीयपन बढी भएको माटोमा एमोनिया चुना प्रयोग गरेर माटोलाई उर्वर बनाउन सकिने सुझाव दिएका छन् । शिविरमा ९७ अलैँची कृषकले माटो परीक्षण गराएका थिए । माटोमा अम्लीयपन भेटिएपछि कार्यलयले अलैँची कृषकलाई मङ्गलबार र बुधबार तालिम समेत प्रदान गरेको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित