FLASH NEWS
  • Loading...

ढुङ्गेलविरुद्ध अवहेलनासम्बन्धी मुद्दा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५१ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, ३१ चैत । सर्वोच्च अदालतमा पूर्वसभासद् बालकृष्ण ढुङ्गेल विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ ।

नेकपा (माओवादी केन्द्र)का नेता ढुङ्गेलले कही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलनासम्बन्धी सो मुद्दा दायर गरिएको हो ।

ढुङ्गेलले सार्वजनिक स्थानमा आफूलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाउने पूर्वन्यायाधीश कल्याण श्रेष्ठविरुद्ध अदालतको अवहेलना हुने गरी दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता दिनेश त्रिपाठीले आज सो मुद्दा दायर गर्नुभएको हो । मुद्दामा सर्वोच्च अदालत ऐनबमोजिम आदेश जारी गरी एक वर्ष कैद र रु १० हजार जरिवाना गर्नुपर्ने माग गरिएको छ ।

सर्वोच्च अदालतले यसअघि पूर्वसभासद् ढुङ्गेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर फैसला कार्यान्वयन नहुँदा ढुङ्गेलले सार्वजनिक स्थानमा पूर्वन्यायाधीशविरुद्ध अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाइएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित