FLASH NEWS
  • Loading...

दलित महिला उम्मेदवार पाउनै मुस्किल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४६ पटक पढिएको
Post Thumbnail

सोलुखुम्बु, १ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका राजनीतिक दलहरु उम्मेदवार छनोट र प्रचारप्रसारमा व्यस्त बनेका छन् ।

निर्वाचन कार्यालयमा ११ दल दर्ता भए पनि मुख्य गरी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले निर्वाचन लक्ष्यित कार्यक्रमलाई तीव्रता दिएका छन् ।

जिल्लामा एक नगरपालिकासहित आठ स्थानीय तहमा निर्वाचन हुँदैछ । चारवटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको टुङ्गो लगाइसकेको माओवादी केन्द्रले वैशाखको पहिलो साताभित्र वडासहितको उम्मेदवारको नामावली सार्वजनिक गर्ने पार्टी जिल्ला संयोजक हेमकुमार राई (शुरवीर)ले बताउनुभयो । प्रचारप्रसारलाई तीव्रता दिएको माओवादी केन्द्रले प्रत्येक गाउँतहमा भेला तथा अन्तक्र्रिया कार्यक्रम गरिरहेको छ ।

प्रचारप्रसारमा व्यस्त देखिने नेकाले आन्तरिक छलफललाई नै तीव्रता दिएको छ । वडा समन्वय समितिमार्फत वडाको उम्मेदवार, गाउँपालिका समन्वय समितिमार्फत गाउँपालिकाको उम्मेदवार र नगरपालिका समन्वय समितिमार्फत नगरपालिकाको उम्मेदवार टुङ्गो लगाउने गरी छलफललाई अगाडि बढाइएको काँग्रेस सभापति विनोदबाबु बस्नेतले बताउनुभयो ।

सम्भावित उम्मेदवारको चर्चा भए पनि एकजनाको समेत अन्तिम नाम सार्वजनिक नगरेको काँग्रेसले वैशाख ४ देखि ७ गतेसम्म सम्पूर्ण उम्मेदवारको टुङ्गो लगाउने भएको छ । साविकको वडालाई आधार मानेर टोल कमिटी गठन गरेको एमालेले टोलस्तरमा अन्तक्र्रिया तथा छलफल गरी उम्मेदवारको छनोटलाई तीव्रता दिएको छ । यसैक्रममा एउटा गाउँपालिकाको उम्मेदवार भने टुङ्गो लगाएको छ । पार्टीले आगामी वैशाख ७ गतेसम्म सम्पूर्ण उम्मेदवार तोक्ने प्रचारप्रसार सचिव जगनाथ बास्तोलाले जानकारी दिनुभयो ।

उम्मेदवार छनोटका क्रममा दलित महिलाबाहेक अन्य पदका लागि आकाङ्क्षी धेरै हुँदा समस्या भएको विभिन्न दलको भनाइ छ ।

“प्रत्येक वडामा एक महिला सदस्य अनिवार्य गरिएको हँुदा स्वःस्फूर्त उम्मेदवार पाउन मुस्किल भएको छ” – एमाले अध्यक्ष मानवीर राईले भन्नुभयो ।

यसैबीच, जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले बिहीबारदेखि जिल्लाभर मतदाता शिक्षाका लागि ११९ जना मतदाता शिक्षा स्वयम्सेवक खटाउन सुरु गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित