FLASH NEWS
- Loading...
धनगढी हाफ म्याराथनको उपाधि सेनाका रिमाललाई
- गोल्डेन खबर
- ८ साल अघि
- १८३ पटक पढिएको

धनगढी, २ वैशाख । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँवर्षको अवसरमा आज यहाँ भएको धनगढी हाफ म्याराथन प्रतियोगितामा नेपाली सेनाका हरिकुमार रिमाल पहिलो हुनुभएको छ ।
निर्धारित २१ दशमलब एक किलोमिटरको दुरी रिमालले एक घन्टा सात मिनेट ४१ सेकेन्डमा पुरा गरी प्रथम हुनुभयो । यस्तै सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले उक्त दुरी एक घन्टा सात मिनेट ४२ सेकेन्डमा पूरा गरी दोस्रो तथा सेनाकै कृष्ण बस्नेतले एक घन्टा सात मिनेट ५१ सेकेण्डमा दूरी पुरा गरी तेस्रो हुनुभयो ।
धनगढी जेसिजको पहलमा भएको उक्त प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
पुरस्कारको राशि प्रथम, द्वितीय र तृतीयलाई क्रमश रु ५१ हजार, २५ हजार र १५ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस