FLASH NEWS
  • Loading...

चाँगुनारायण प्रमुखमा बाह्रभन्दा बढी नेता आकाङ्क्षी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail

नगरकोट, २ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखका लागि १४ जना नेपाली काँग्रेसका नेताले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

साबिक चाँगुनारायण नगरपालिकामा नगरकोटसमेत गाभिएर नयाँ गठन भएको नगरपालिका भक्तपुर निर्वाचन क्षेत्र नं १ मा पर्छ । उपप्रमुखमा भने छ जनाले पार्टीमा नाम दर्ता गराउनुभएको छ ।

संविधानसभा सदस्यका उम्मेदवार कृष्णलाल भँडेल, महासमिति सदस्य तथा पूर्व जिल्ला सचिव जगन्नाथ कार्की र क्षेत्र नं १ का सभापति जीवन खत्री, जिल्ला सदस्य किरण न्यौपाने, क्षेत्रीय सचिव उद्धव खड्का, महाधिवेशन प्रतिनिधि राजाराम खड्का र सुरेश श्रेष्ठ, क्षेत्रीय सदस्य टङ्कबहादुर कार्की, क्षेत्रीय प्रतिनिधि मनोजकुमार थापा, चाँगुनारायण नगरपालिकाका संयोजक यादव अधिकारी तथा सहसंयोजक शिवहरि केसी र अन्यमा पुरुषोत्तम लामिछाने, शङ्करप्रसाद गौतम र सम्पूर्ण रोक्का पनि आकाङ्क्षी देखिनुभएको छ ।

उपप्रमुखका आकाङ्क्षीमा महासमिति सदस्य सुभद्रा काफ्ले, महाधिवेशन सदस्य रुपादेवी थापा, नेपाल महिला सङ्घ जिल्ला सभापति सरु बानियाँ, क्षेत्रीय प्रतिनिधि सङ्गीता फुयाँल, पूर्व जिल्ला सदस्य सावित्री लामिछाने र राधा कार्की रहनुभएको छ ।

भक्तपुर काँग्रेसले यही वैशाख ७ गतेभित्र आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनकोलागि सम्पूर्ण उम्मेदवारको टुङ्गो लाग्ने जनाएको छ ।

नौ वटा वडा रहेको चाँगुनारायण नगरपालिकामा काँग्रेसका तर्फबाट वडा अध्यक्षका लागि आकाङ्क्षी उम्मेदवार तीनदेखि नौ जनासम्म रहेको क्षेत्र नं १ का सभापति खत्रीले बताउनुभयो । भक्तपुरमा महिलाले प्रमुख र पुरुषले उपप्रमुखमा उम्मेदवारी दर्ता गर्नुभएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित