FLASH NEWS
  • Loading...

न्यायिक मेलमिलापका लागि तालिम

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५४ पटक पढिएको
Post Thumbnail

पाल्पा, ४ वैशाख । नेपाल महिला न्यायाधीश मञ्च र मेलमिलाप परिषद्को आयोजनामा पाल्पामा मेलमिलापसम्बन्धी आधारभूत तालिम आइतबार सम्पन्न भएको छ ।

पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका जिल्ला अदालतका कर्मचारी, शिक्षक, समाजसेवी तथा पत्रकारको सहभागितामा सो तालिममा विवादको समाधान मेलमिलापबाट गरिने क्षमताको विकास भएको आयोजकले जनाएको छ । २७ जना मेलमिलापकर्ता उत्पादन गरेर परिषद्ले समाज तथा अदालतमा विवादको मेलमिलापबाट समाधान खोज्ने छन् ।

समापन समारोहमा जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीले लुकेको कुरालाई बाहिर ल्याएर मेलमिलापकर्ताले विवादको समाधान गर्न सक्नुपर्ने बताउनुभयो ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा मञ्चका अध्यक्ष सारदा श्रेष्ठले मेलमिलापका आधारभूत ज्ञान सिपको विकास गरी विवादलाई मेलमिलापका आधारमा समाधानको बाटो खोज्नुपर्ने बताउनुभयो ।

सर्वोच्चका पूर्व न्यायाधीश तथा मञ्चका उपाध्यक्ष गौरी ढकालले तालिमले नयाँ ऊर्जा थपेको र सकारात्मक सोचका साथ मेलमिलापका काम अगाडि बढाउनुपर्ने भावना जागृत रहेको विचार व्यक्त गर्नुभयो । तालिम चैत २७ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन भएको थियो ।

तालिममा विवाद, द्वन्द्वको अवधारणा र विकास, विवाद समाधानका परम्परागत तरिका, समाधानका वैकल्पिक उपाय, मेलमिलापसम्बन्धी केही देशका अभ्यास, मेलमिलाप सञ्चार, सुन्ने सिप र प्रश्न गर्ने कला, मेलमिलापको महत्व, मेलमिलापकर्ताको भूमिका, दायित्व र गुण, नेपालमा मेलमिलापसम्बन्धी कानुनी व्यवस्था छलफलको विषयवस्तु बनेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित