FLASH NEWS
  • Loading...

भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५२ पटक पढिएको
Post Thumbnail


चितवन, ४ वैशाख । चितवन जिल्लाका साविक तीन गाविसमा भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु गरिएको छ ।

चितवनको साविक गाविस सिद्धी, दारेचोक र लोथरका एक हजार ८४९ जना भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु भएको जिल्ला समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिद्धीमा २९४, लोथरमा ४४० र दारेचोकमा एक हजार ११५ जना भूकम्पपीडितलाई पहिलो चरणको अनुदान रकमका लागि सम्झौता थालिएको हो । सम्झौतालगत्तै भूकम्पपीडितले बैंक खाता खोलेपछि अनुदान रकम दिइने छ ।

उनीहरुका लागि अनुदान दिन जिल्लामा पुनःनिर्माण प्राधिकरणमार्फत रु नौ करोड ३० लाख रकम आइपुगेको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ ।

जिल्लामा कुल करिब १५ हजार भूकम्पपीडितको नाम आएको छ । त्यसमध्ये तीनठाउँको नामावली प्राधिकरणबाट आएकाले अनुदान सम्झौता सुरु भएको र अरु क्षेत्रका भूकम्पपीडितको नामावली आइसकेको छैन । माघ पहिलो साताबाट यहाँ पीडितको लगत सङ्कलन थालिएको थियो । चितवन जिल्लामा १८ हजार ७५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका थिए । तर यहाँ तथ्याङ्क विभागले घरघरै पुगेर विवरण सङ्कलन गरेको थियो ।

फोटोसहितको विवरण सङ्कलन गर्न इन्जिनियर र सामाजिक परिचालकको टोली गाउँगाउँमा खटिएका थिए । उनीहरुमार्फत १५ हजारको मात्रै नामावली सङ्कलन भएको छ । नाम छुटेको भनेर जिल्लामा सयौँको निवेदन परेको छ ।

जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले कुनै नाम छुटेका भएपछि निवेदन दिन सकिने जानकारी दिनुभयो । उहाँले धेरैको नाम दोहोरिएको पाइएको जानकारी दिनुभयो । पुनःनिमाण प्राधिकरणले अन्तिम सूची निकालेपछि सूचीमा नाम परेकाले सरकारको रु तीन लाख राहत प्याकेज पाउँछन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित