FLASH NEWS
  • Loading...

जसले एक दशकसम्म मानसिक यातना खेपे

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail

काठमाण्डौँ, ४ वैशाख । चेनअफ कमाण्डमा चलेको नेपाली सेनाका एक जना अधिकृतले माओवादीले चलाएको शसस्त्र द्वन्दका समयमा एक दशकसम्म मानसिक यातना खेपे । संगठनभित्रका धेरै अवसरहरु समेत गुमाए । अन्यायमा परेका सेनाका कर्णेल निरञ्जन बस्नेतले आइतबार काभ्रे जिल्ला अदालतबाट बल्ल सफाइ पाएका छन् ।

काभ्रेपलाञ्चोकको खरेलथोकस्थित भगवती माध्यमिक विद्यालयको ९ कक्षामा अध्ययनरत १५ वर्षीया मैना सुनुवारको नेपाली सेनाको ब्यारेकभित्र २०६० फागुन ५ गते मृत्यु भएको थियो । सशस्त्र द्वन्द्वकालमा भएको सो घटनाको मुद्दाको जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले आइतबार फैसला सुनाएको हो ।

तत्कालीन शाही नेपाली सेनाका महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैदको फैसला सुनाएको छ । चालक रहेका तत्कालीन सेनानी बस्नेतलाई भने आदेशमात्रै पालन गरेको भन्दै अदालतले सफाइ दिएको छ ।

महासेनानी खत्री, सहसेनानीद्वय पुन र अधिकारी तथा सेनानी बस्नेतलाई विपक्षी बनाई विसं २०६४ माघ ७ गते अभियोग दर्ता भएको थियो । सैनिक अदालतले यसअघि नै बस्नेतलाई निर्दोष भन्दै सफाइ दिइसकको थियो । तर विभिन्न गैरसरकारी संघ÷संस्थाले बस्नेतलाई अनावश्यक रुपमा कारबाहीको माग गर्दै दबाब दिँदै आएका थिए ।

नेपाली सेना भित्र सक्षम, इमान्दार, कर्तव्यनिष्ठ सैनिक अधिकृतका रुपमा चिनिएका बस्नेत घटनाका बेला सह सेनानी थिए । घटनाकै कारण देखाउँदै सन् २००८ मा बस्नेतलाई शान्तिमिसनबाट समेत अपहेलित गर्दै स्वदेश फिर्ता गराइएको थियो । एक दशकसम्म सेनामा हुने विभिन्न प्रकारका विदेशी कोर्स, बढुवा र अन्य सुविधाबाट बस्नेत बञ्चित रहेका थिए ।

प्रधानन्यायाधिश सुशीला कार्कीले नेतृत्व गरेको स्वतन्त्र न्यायालयबाट सैनिक अधिकृत बस्नेतले सही न्याय पाएका छन् । निर्दोषलाई फसाउन दिन हुन्न भन्ने संगठन प्रमुखको मुल्याङ्कन बस्नेतमाथिको घटनाले देखिएको छ । घटनामा अनाश्यक मुछिएपछि बस्नेत परिवारले यसबीचमा अनेकन यातना खप्नु परेको थियो ।

पुरै परिवार मानसिक यातनाको शिकार बनेपनि बस्नेत कर्तव्य पालनाका हकमा भने कहिल्यै पछि हटेनन् । ‘कर्मठ सिपाहीले आदेश पालना गर्नु दोष मानिदैन’ एक सैनिक अधिकृतले भने–‘बस्नेतलाई गैर सरकारी संस्थाहरुकै दबाबमा लामो समय मानसिक यातना दिइयो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित