FLASH NEWS
  • Loading...

चट्याङ लागेर मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail

सिन्धुली, ६ वैशाख । सिन्धुलीमा आज साँझ हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर एक जनाको ज्यान गएको छ । अरु दुईजना भने घाइते भएका छन् ।

चट्याङ लाग्दा कमलामाई नगरपालिका–११ राउन्डेकी ३४ वर्षीया बेलकुमारी श्रेष्ठको मृत्यु भएको स्थानीय बुद्धिराज श्रेष्ठले बताउनुभयो । खेतमा घाँस काटिरहेको अवस्थामा चट्याङले लागेर श्रेष्ठको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, सिन्धुलीकै कमलामाई नगरपालिका–२ भद्रकालीमा पनि चट्याङ लागेर दुईजना घाइते भएका छन् । भद्रकालीस्थित जुम्लीडाँडाकी ३६ वर्षीया सीतामाया स्याङबा र सोही ठाउँकी १५ वर्षीया विष्णुमाया गोले घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित