FLASH NEWS
  • Loading...

‘मधेसी मोर्चासँग सहमतिको प्रयास जारी’

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail

pkk|wfgdGqL yfkf kf]v/fdf
pkk|wfg Pjd ;ª3Lo dfldnf tyf :yfgLo ljsf; dGqL sdn yfkf zlgaf/ lhNnf ;dGjo ;ldlt sf:sLåf/f kf]v/fdf cfof]lht :yfgLo txsf] ljsf; lgdf{0f / lgjf{rgaf/] hfgsf/L lnPkl5 ;Daf]wg ub}{ . tl:a/ M lgdbQ ;’j]bL, /f;;


हेटौँडा, ७ वैशाख । उपप्रधानमन्त्री कमल थापाले मधेस केन्द्रित दललाई निर्वाचन बहिष्कारको कार्यक्रम छाडी वार्तामा आउन आह्वान गर्नुभएको छ ।

राप्रपा मकवानपुरले आज हेटौँडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले सरकार सहमतिबाट समाधान गर्न प्रयासरत रहेको स्पष्ट गर्नुृभयो । उहाँले भन्नुभयो– “मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनावमा सहभागी गराउन आवश्यक परे दुई चरणमा निर्वाचन गराउन सरकार, सत्तारुढ दल तथा प्रतिपक्षी दल सहमत छन् । बीस वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेस, एमाले, माओवादी र राप्रपा भएर होइन स्वाभिमानी एवम् राष्ट्रवादी भएर जनताले भोट दिनुपर्छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले अब बन्ने स्थानीय सरकारबाट जनताले आफैँले आफ्नो गाउँ ठाउँको विकास गर्ने अवसर पाउने भएकाले स्थानीय तहको निर्वाचनमा अधिकतम सङ्ख्यामा भाग लिएर देशलाई आर्थिक समृद्धितर्फ लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको हेटौंँडा–काठमाडाँै सुरुङमार्ग र द्रुतमार्ग निर्माण राप्रपाको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

अधिकारी प्रमुखका उम्मेदवार
पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले तीन ठूला दल देशलाई ठीक ढङ्गबाट सञ्चालन गर्न र देश विकास गर्न असक्षम भइसकेको विचार राख्नुभयो । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले स्थानीय निर्वाचनमा जनता र देशले जित्नुपर्छ भन्नुभयो । सभामा राप्रपाका केन्द्रीय सदस्यत्रय दीपकबहादुर सिंह, कोमल वली र रेखा थापाले राप्रपा जनताको विश्वासिलो दल भएको जिकिर गर्नुभयो । सभामा राप्रपाले हेटौंँडा उपमहानगरपालिका प्रमुखमा केन्द्रीय पार्षद मधु अधिकारीलाई उम्मेदवार बनाइने घोषणा गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित