FLASH NEWS
  • Loading...

धनगढी टीम चौराह धनगढी प्रिमियर लिग च्याम्पीयन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५४ पटक पढिएको
Post Thumbnail


धनगढी, १० वैशाख । पारस खड्काको टिम टिम चौराहाले धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ ।

शनिवार भएको उपाधि भिडन्तमा विराटनगर किंग्सलाई ६२ रनको फराकिलो अन्तरले हराउदै टीम चौराह च्याम्पीयन वनेको हो । उपाधिसगै धनगढी टीम चौराहले नगद १५ लाख हात पारेको छ । उपविजेता भएको विराटनगर किग्सले नगद ७ लाखमा चित्त वुझाएको छ ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर व्याटिङ थालेको टिम चौराहाले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन वनायो । उसको सुरुवात खराब थियो । राजु रिजाल शुन्यमै आउट भए, जतिबेला टिमको स्कोर मात्र ४ रन थियो । थप रन नजोड्दै अनिल मण्डल पनि आउट भए । पृथु बास्कोटा र कप्तान पारस खड्काले पारी सम्हाल्ने प्रयास गरे तर, पृथु पनि १४ रन बनाएर आउट भए । त्यसपछि आएका आरिफ शेख चम्किए । उनले चौथो विकेटका लागि पारससग ४४ रनको साझेदारी गरे । पारस २९ रनमा आउट भए, जतिबेला टिम चौराहाको स्कोर ८१ रन मात्र थियो र ५ ओभर एक बल मात्र खेल बाकी थियो । तर, आरिफ र अमर रौतेलाले उत्कृष्ट ब्याटिङ गर्दै टिमको स्कोर उकासे । उनीहरुले पाचौं विकेटका लागि मात्र २४ बलमा ६३ रनको साझेदारी गरे । आरिफले ३० बलमा ४ चौका र ४ छक्का सहित ५४ रन वनाए । अमर ३१ रनमा अविजित रहे भने शौरभ खनालले नट आउट १४ रन बनाए ।

घरेलु टोली टिम चौराहाले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याएको बिराटनगर किङ्ग्सले १८.१ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाउन सक्यो । खेल अवधिभर विराटनगरले ठूलो साझेदारी नै गर्न सकेन । उसको सबैभन्दा ठूलो साझेदारी भनेमो दोस्रो विकेटका लागि २३ रन नै रह्यो । उसका लागि प्रनित थापा मगरले सर्वाधिक २६ रन बनाए भने अमित श्रेष्ठले २६ रनको योगदान दिए । अन्य व्याट्सम्यान चल्न सकेनन् । कप्तान शरद भेषावकर मात्र २ रनमा आउट भए ।

टिम चौराहाका लागि सुशन भारीले ३ विकेट लिए भने आरिफ शेख र शौरभ खनालले २÷२ विकेट लिए । रामनरेश गिरी र ललित राजवंशीको नाममा एक÷एक विकेट रह्यो । सवै खेलाडीहरुले राम्रो खेलेका कारण उपाधि कव्जा गर्न सफल भएको धननढी टीम चौराहका कप्तान पारस खड्काले वताउनुभयो ।

सुरुवातका तीन खेलमा लगातार हार व्यहोरेको धनगढी टीम चौराहले त्यसपछिका ५ खेलमा अपराजित हुदै उपाधि रक्षा गर्दा विराटनगर किंग्स भने उप विजेता वन्दै ७ लाखमा चित्त वुझाउन वाध्य भएको छ । सुरुवातमा दवावमा राखेको भएपनि पछिल्लो ५ ओभरमा धेरै रन वन्नु र खेलाडीहरुले व्याटिङ गर्न नसकेका कारण फाईनलमा पराजित भएको विराटनगरका कप्तान सरद भेषावाकरले वताउनुभयो ।

फाईनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका आरिफ सेख म्यान अफ द म्याच भए । उनले नगद १० हजार हात पारे । प्रतियोगितामा विराटनगर किंग्सका सुसिल कडेल म्यान अफ द सिरीज भए । उनले टिभिएस मोटरसाईकल प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहका विच नगद सिल्ड तथा प्रमाण पत्र वितरण गरिएको छ । धनगढी प्रिमियर लिगको च्याम्पीयन भएपछि चौराहका खेलाडीहरुको वजार परिक्रमा गरिएको छ भने उनीहरुलाई वाजागाजा सहित स्वागत गरिएको छ । धनगढी टीम चौराह अघिल्लो वर्ष आयोजना गरिएको धनगढी क्रिकेट लिगको पनि च्याम्पीयन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित