FLASH NEWS
  • Loading...

खानेपानी सचिव विरुद्ध अन्तर्राष्ट्रिय गिरोह सक्रिय

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८९ पटक पढिएको
Post Thumbnail

 

काठमाडौ÷ खानेपानी तथा सरफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय विरुद्ध अन्तर्राष्ट्रिय गिरोह सक्रिय हुन थालेको छ । सचिव उपाध्यायले मन्त्रालयमा धमाधम राष्ट्रको हितमा काम गर्न थालेपछि अन्तर्राष्ट्रिय गिरोह उनी विरुद्ध खनिन लागेको हो ।
सचिव उपाध्यायले केही महिना यता खानेपानी तथा सरसफाई मन्त्रालय अन्तरगतका निकायमा व्यापक सुधार अभियान थालेका छन् । मन्त्रालयले यतिखेर उठ्न बाँकी रहेको खानेपानी महशुल उठाउने कार्यलाई तीब्रताको साथ अगाडि बढाएको छ । मन्त्रालयका अनुसार खानेपानीमा मुलुकभरका विभिन्न सरकारी कार्यालय तथा उपभोक्ताबाट करिब दुई अर्ब रुपैयाँ उठ्न बाँकी छ । सचिव उपाध्यायले अहिले उक्त रकम असुलीमा तिब्रता दिइरहेका छन् ।
मन्त्रालयले विभिन्न सरकारी निकायबाट अहिलेसम्म ४२ लाख उठाइसकेको छ । सरकारी कार्यालयको रकम बैशाख मसान्त सम्म चुक्ता नभए मन्त्रिपरिष्दबाट पारित गराएर अर्थमन्त्रालबाटै कटाउने तयारी भइरहेको स्रोतले बतायो ।
सचिव उपाध्यायले महसुल उठाउने कार्यको अलवा मेलम्चीलाई छिटो ल्याउन सक्रियता देखाइरहेका छन् । यस्ता कार्यबाट ती आयोजनालाई ढिलो गराएर त्यसबाट फाइदा लिइरहेका अन्तर्राष्ट्रिय गिरोह यतिखेर उनी विरुद्ध सक्रिय हुन थालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित