FLASH NEWS
  • Loading...

मतदाता शिक्षा कार्यक्रम स्थगित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail

बैतडी, १३ वैशाख । वैशाख १ गतेदेखि बैतडीमा सुरु भएको मतदाता शिक्षा कार्यक्रम मङ्गलबारदेखि स्थगित भएको छ । सरकारको दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णयअनुसार बैतडीमा पनि जेठ ३१ गते निर्वाचन हुने भएपछि मतदाता शिक्षा कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

मतदाताको घरदैलोमै गएर मतदाता शिक्षा प्रदान गर्न वैशाख १ गतेदेखि जिल्लाभरि एक सय ८७ जना मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएका थिए । निर्वाचन आयोगको निर्देशनअनुसार स्थगित गरिएको मतदाता शिक्षा कार्यक्रम आगामी जेठ ५ गतेदेखि पुनः सुरु गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख तथा निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

बैतडीमा स्थानीय तहको निर्वाचनका लागि एकसय २० मतदानस्थल तोकिएका छन् भने निर्वाचनमा भाग लिन १३ दल दर्ता भएका छन् । चार नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा एकलाख २४ हजार आठसय २४ जना मतदाता रहेका छन् । सरकारले प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ नं प्रदेशमा वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित