FLASH NEWS
  • Loading...

निर्वाचन अधिकृत फिर्ता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail

भद्रपुर, १३ वैशाख । स्थानीय तहको निर्वाचनतालिका फेरबदल भएका कारण झापामा निर्वाचनका निम्ति नियुक्ति भएर आउनुभएका निर्वाचन अधिकृत मंगलबारदेखि आ–आफ्ना कार्यक्षेत्र फिर्ता हुनुभएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

सात गाउँपालिका र आठ नगरपालिकाका निम्ति निर्वाचन आयोगबाट खटिएका कर्मचारी यही वैशाख ३ गते झापा आइसक्नुभएको थियो ।

प्रमुख निर्वाचन अधिकृत सुदर्शन पाण्डेबाहेक अन्य सबै निर्वाचन अधिकृत फिर्ता भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो । निर्वाचन तालिका फेरबदल नभएको भए मंगलबारै सबै निर्वाचन कार्यालय स्थापना भई सञ्चालनमा आउने कार्यक्रम रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित