FLASH NEWS
  • Loading...

दुईवटा बाह्रसिङ्गे चितवन निकुञ्जमा छाडियो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७६ पटक पढिएको
Post Thumbnail

z’SnfkmfF6faf6 afx|l;ªu] :yfgfGt/0f
s~rgk’/sf] z’SnfkmfF6f /fli6«o lgs’~hsf] 3fF;] d}bfgdf afx|l;ªu]sf] ayfg . oxfFaf6 a’waf/ b’O{j6f kf]yL afx|l;ªu] lrtjg /fli6«o lgs’~hdf :yfgfGt/0f ul/Psf] 5 . . tl:a/ M z]/axfb’/ l;+x, s~rgk’/, /f;;


चितवन, १४ वैशाख । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुईवटा बाह्रसिङ्गेलाई आज बिहान चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।

आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पदमपुर ब्लकमा ल्याएर छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । “राति २ बजे ल्याइपु¥याइयो, आज बिहान मात्रै छाडियो”, कँडेलले भन्नुभयो, “अर्ना राखिएको क्षेत्रमै छाडिएको छ ।”

सरकारी निर्णयअनुसार वंश संरक्षण र विस्तारका लागि चितवन निकुञ्जमा यसरी पहिलो चरणमा दुईवटा पोथी बाह्रसिङ्गे ल्याइएको हो । अझै २३ वटा ल्याइने निकुञ्जले जनाएको छ । चितवनबाट शुक्लाफाँटा पुगेका प्राविधिक टोलीले बुधबार बाह्रसिङ्गेलाई जालमा पारेर समाएको थियो । निश्चित क्षेत्रमा विशेष प्रकारको जाल (खाबर) बिच्छ्याइएको र जालमा परेपछि लठ्याउने औषधि दिएर नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

निर्वाचनका लागि कर्मचारी नखटाउँदासम्म बाह्रसिङ्गे ल्याउने काम जारी रहने चितवन निकुञ्जले जनाएको छ । विसं २०७१ को सरकारी निर्णयअनुसार चितवनमा पाँच भालेसहित २५ बाह्रसिङ्गे ल्याइनेछ ।

यसअघि कोसीटप्पु र चिडियाघरबाट गरी १५ वटा अर्ना चितवन निकुञ्जमा ल्याइसकिएको छ । बाह्रसिङ्गे नियन्त्रणमा लिन चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेको नेतृत्वमा बर्दिया र शुक्लाफाँटाका कर्मचारी तथा प्राविधिक गरी ३० जनाको टोली खटिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सन् १९६० को दशकमा अर्ना रहेको इतिहास भएपनि निकुञ्ज स्थापनापछि यहाँ बाह्रसिङ्गे र अर्ना नभएको निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामपृत यादव बताउनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित