FLASH NEWS
  • Loading...

मिर्गाैला रोगीको उपचारका लागि रु २० लाख सहयोग

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail

म्याग्दी, १५ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका मिर्गौला रोगी कुमार पुनको उपचारका लागि रु २० लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ ।

दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि थलिएका ३४ वर्षीय पुनको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका बिमवासीले रु २० लाख छ हजार सातसय आर्थिक सहयोग गरेका हुन् ।

चन्दा सहयोग जुटाएर पुनको मिर्गौला प्रत्यारोपण गरिएको कोरियामा आर्थिक सङ्कलन अभियानको संयोजन गरेका म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना०का सहकोषाध्यक्ष ओमनारायण जुक्जालीले जानकारी दिनुभयो ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका पुनलाई केही दिनअघि आमाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । बिहीबार काठमाडाँैमा आयोजित कार्यक्रममा सङ्कलित रकम पुनका आफन्तलाई हस्तान्तरण गरिएको जुक्जालीले बताउनुभयो ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि बेलायत, दक्षिण कोरिया, हङकङ, बेल्जियम, पोर्चुगल, साउदी अरब, कतार, जापानलगायत विश्वका विभिन्न देश तथा बेनी, काठमाडौँ, पोखरा र गाउँमै रहेका बिमका बासिन्दाले सहयोग सङ्कलन अभियान सञ्चालन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित