FLASH NEWS
  • Loading...

आधुनिकताले धार्मिक संरक्षणमा चुनौती ः मन्त्री केसी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail

[capt
नुवाकोट, १६ वैशाख । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले धार्मिक सहिष्णुताको उत्कृष्ट सहकार्य नै नेपालीको विशेषता रहेको बताउनुभएको छ ।

हिन्दू स्वयम्सेवक सङ्घ नेपाल नुवाकोटले त्रिशूलीमा सञ्चालन गरेको ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’को आज शुभारम्भ गर्दै मन्त्री केसीले शैक्षिक संस्था र पाठशालाबाट विद्यार्थीका लागि सत्मार्ग दिएर कर्तव्य योग्य बनाउन अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । “आधुनिकता र व्यावसायिकताको नाममा धर्म, संस्कृत र मान्यता भुल्दै गएका छन् ।” मन्त्री केसीले भन्नुभयो “सनातन हिन्दू धर्मको जगेर्ना गर्न धार्मिक ग्रन्थ र कथा सङ्ग्रह विद्यालयको पाठ्यक्रममा समावेश गराउनुपर्छ ।”

गुरु, आमा र बुबालाई देवताको रुपमा पुज्नुपर्ने भए पनि अहिलेको समयमा त्यसलाई भुल्दै गएको भन्दै धार्मिक संरक्षण चुनौतीपूर्ण घडीमा रहेको उहाँको भनाइ छ । हिन्दू स्वयम्सेवक सङ्घ नेपालका राष्ट्रिय प्रचारक वेद प्रकाश र महासचिव मुरली निरौलाले हिन्दू धर्मको आस्था, अन्धविश्वास र भक्तिभावमा मात्र नभई अनुशासन, इमान्दारीता र विश्वसनीयता कायम गर्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित