FLASH NEWS
  • Loading...

दक्षिण एसियाली ट्राईयाथलन सम्पन्न

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५२ पटक पढिएको
Post Thumbnail

पोखरा, १७ वैशाख । पोखरामा आज भएको पाँचौँ दक्षिण एसियाली ट्राईयाथलन प्रतियोगितामा भारतका गुरुदत्त पहिलो भएका छन् ।

स्प्रिन्टको ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड ५४ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै गुरुदत्त पहिलो भएका हुन् । प्रतियोगितामा भारतकै दिलीपकुमार दोस्रो र नेपालका वसन्त थारु तेस्रो भए । दिलिपले सो दूरी ५५ मिनेट ५९ सेकेन्डमा तथा थारुले ५६ मिनेट १२ सेकेन्डमा पुरा गरेका थिए ।

यस्तै महिलातर्पm भारतकै पल्लवी रेतिवाला पहिलो भइन् । उनले एक घन्टा एक मिनेट ३ सेकेन्डमा सो दूरी पार गरेकी थिइन् । सो प्रतियोगितामा नेपालका सोनी गुरुङ दोस्रो तथा रोजा केसी तेस्रो भए । गुरुङले सो दूरी एक घन्टा ६ मिनेट दुई सेकेन्ड तथा केसीले एक आठ मिनेट चार सेकेन्मा पुरा गरेका थिए ।

यसैगरी छैटौँ राष्ट्रिय ट्राईयाथलन प्रतियोगितामा नेपाली सेना विजेता बनेको छ । प्रतियोगितामा पुरुषतर्फ सेनाका वसन्त थारु प्रथम, हिमाल टमाटा द्वितीय र रुद्र कटुवाल तृतीय भए । थारुले सो दूरी ५६ मिनेट १२ सेकेन्डमा पुरा गरेका थिए । टमाटाले ५८ मिनेट एक सेकेन्ड तथा कटुवालले ५८ मिनेट ४८ सेकेन्डमा पुरा गरेका थिए ।

महिलातर्पmको राष्ट्रिय प्रतिस्पर्धामा सशस्त्र प्रहरीका सोनी गुरुङ प्रथम, रोजा केसी द्वितीय र नेपाली सेनाका यमकुमारी भुजेल तृतीय भए । गुरुङले सो दूरी एक घन्टा ६ मिनेट दुई सेकेन्डमा पुरा गरिन् । रोजाले एक घन्टा ८ मिनेट चार सेकेन्ड तथा भुजेलले एक घन्टा १८ मिनेट ५९ सेकेन्डमा दूरी पुरा गरेकी थिइन् ।

प्रतियोगिताको शुभारम्भ युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले गर्नुभएको थियो । प्रतियोगितामा नेपाल, भारत र बङ्गलादेशका गरी २१ जना खेलाडीले भाग लिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित