FLASH NEWS
  • Loading...

३३ हजारले बुझाएनन् अनुमतिका हतियार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८६ पटक पढिएको
Post Thumbnail


काठमाडौं २० वैशाख । आसन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तीनवटा प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा म्यादी प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको गृहका प्रवक्ता बालकृष्ण पन्थीले बताए । उनका अनुसार सबै सुरक्षाकर्मी आआफ्नो कार्यक्षेत्रमा गइसकेका छन् । आवश्यक सुरक्षा व्यवस्था मिलाउन कार्यक्षेत्रमा पठाइएको पन्थीले बताए ।

प्रहरी २२ हजार ६९५ र म्यादी प्रहरी २२ हजार ७ सय खटाइएको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले बताए । स्थानीय तह निर्वाचनलाई लक्षित गरी सरकारले चुनाव अवधिमा लाइसेन्सप्राप्त हतियार बुझाउन सुचना जारी गरे पनि हजारौंले अटेर गरेका छन् । करिब ३४ हजारमध्ये ९ सय ३६ ले मात्रै प्रशासनमा हतियार बुझाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित