FLASH NEWS
  • Loading...

पूर्वसांसद मेयरमा भिड्दै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९३ पटक पढिएको
Post Thumbnail


काठमाडौं २० बैशाख। स्थानीय तहको महत्व कति छ भन्ने कुरा पूर्वसांसदहरु नै नगरपालिकाको मेयरमा उम्मेदवार बन्न अग्रसर हुनुले पनि पुष्टि गरेको छ । पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन सकिँदा तीनजना पूर्वसभासदहरु मेयरको उम्मेदवार बनेका छन् ।

नेपाल मजदूर किसान पार्टीको अभेद्य किल्लाका रुपमा परिचित भक्तपुर नगरपालिकाको मेयरमा पूर्वसांसद सुनिल प्रजापति मेयरको उम्मेदवार बनेका छन् । पार्टीका केन्द्रीय सचिव समेत रहेका प्रजापति ०६४ सालको संविधानसभा निर्वाचनमा भक्तपुर २ बाट सभासद निर्वाचित भएका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा भने उनी सोही क्षेत्रमा पराजित भएका थिए । पार्टीको आदेश पालना गर्न आफू प्रमुखको उम्मेदवार बनेको प्रतिक्रिया प्रजापतिले दिएका छन् ।

नेकपा एमालेका पूर्वसभासद लालमणि चौधरीले चितवनको खैरहनी नगरपालिकामा मेयरको उम्मेदवारी दिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट सभासद जितेका चौधरीलाई यसपटक एमालेले मेयरको उम्मेवार बनाएको हो ।

त्यस्तै माओवादी केन्द्रका दुईजना पूर्वसभासद पनि मेयरका उम्मेदवार बनेका छन् । हेटौंडा उपमहानगरपालिकाको मेयरमा पूर्वसभासद कुमारी मोक्तानले उम्मेदवारी मनोयन गरेकी छन् । ०६४ को संविधानसभा निर्वाचनमा उनी मकवानपुर क्षेत्र नम्बर ४ बाट सभासद निर्वाचित भएकी थिइन् ।

माओवादीकै अर्का पूर्वसभासद तारानारायण श्रेष्ठ रामेछापको मन्थली नगरपालिकाबाट मेयरको उम्मेवार बनेका छन् । पहिलो संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट सभासद निर्वाचित भएका श्रेष्ठलाई यसपटक मेयरमा खडा गरिएको हो ।

मन्थलीको मेयरमा यसअघि जिल्ला विकास समितिको सभापति भइसकेका रमेश बस्नेत पनि एमालेबाट उम्मेदवार बनेका छन् ।

त्यस्तै माओवादीका पूर्वसभासद ज्ञानेन्द्र कुमाल पनि गोरखा नगरपालिकामा मेयरको उम्मेदवार बनेका छन् । कुमाल नयाँ शक्ति पार्टीबाट मेयरको उम्मेदवार बनेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित