FLASH NEWS
  • Loading...

को को छन त रसुवाका उम्मेदवार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११४ पटक पढिएको
Post Thumbnail

रसुवा, २० वैशाख । नौकुण्ड गाउँपालिकामा काँग्रेसबाट नोर्बुसाङ्बो तामाङ अध्यक्ष र लक्ष्मीमायाँ वाइवा उपाध्यक्ष, एमालेबाट विकास तामाङ अध्यक्ष र सिर्जना तामाङ उपाध्यक्ष, माओवादी केन्द्रबाट फुलमाया वाइवा अध्यक्ष र केशवप्रसाद पौडेल उपाध्यक्ष तथा नयाँशक्तिबाट भूमे लामा अध्यक्ष र युती लामिनी उपाध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ ।

त्यस्तै कालिका गाउँपालिकामा काँग्रेसबाट साधुराम पौडेल अध्यक्ष र सावित्री केसी उपाध्यक्ष, एमालेबाट सीतादेवी पौडेल अधिकारी अध्यक्ष र भवानीप्रसाद न्यौपाने उपाध्यक्ष, माओवादी केन्द्रबाट उद्धव रिजाल अध्यक्ष र उपाध्यक्षमा शीला मगर, नयाँशक्तिबाट कृष्ण तामाङ अध्यक्ष र सरिता न्यौपाने उपाध्यक्षमा मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जानकारी दिनुभयो ।

यसैगरी उत्तरगया गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा उपेन्द्र लम्साल र उपाध्यक्षमा पम्फादेवी तिमिल्सिना, एमालेबाट अध्यक्षमा अशोककुमार घिमिरे र उपाध्यक्षमा चमेली गुरुङ, माओवादी केन्द्रबाट अध्यक्षमा मेघनाथ घिमिरे र उपाध्यक्षमा रेणुमायाँ गुरुङ तथा नयाँशक्तिबाट अध्यक्षमा इन्द्र सापकोटा र उपाध्यक्षमा चमेली विकले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी गोसाइकुण्ड गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा पेम्बा छिरिङ तामाङ र उपाध्यक्षमा देवी तामाङ, एमालेबाट अध्यक्षमा काइसाङ नुर्पु तामाङ र उपाध्यक्षमा कर ग्याल्पो श्रेष्ठ तामाङ, नयाँ शक्तिबाट अध्यक्षमा कामीबुटी तामाङ र उपाध्यक्षमा नुर्पुसिङ्गी तामाङ, माओवादी केन्द्रबाट उपाध्यक्षमा फूर्वा तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

पावतीकुण्ड गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा अविनास तामाङ र उपाध्यक्षमा छेन्जुम तमाङ, एमालेबाट ल्हाक्पा गोम्बु तामाङ अध्यक्ष र नविना तामाङ उपाध्यक्ष, माओवादी केन्द्रबाट फूर्पा तेन्जेन तामाङ अध्यक्ष र तारा तामाङ उपाध्यक्ष तथा नयाँशक्तिबाट भुजुङ तामाङ अध्यक्ष र सङ्गीता तामाङ उपाध्यक्षमा मनोनयन दर्ता गराउनुभएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित