FLASH NEWS
  • Loading...

बागलुङका दसवटै तहमा मनोनयन

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५० पटक पढिएको
Post Thumbnail

बागलुङ, २० वैशाख । जिल्लाका दसवटै स्थानीय तहमा दलहरुले मनोनयत दर्ता गरेका हुन् ।
नेपाली काँग्रेसबाट बागलुङ नगरपालिकाको प्रमुखमा वसन्तकुमार श्रेष्ठ र उपप्रमुखमा शकुन्तला शर्मा, गलकोट नगरपालिकाको प्रमुखमा भरत शर्मा गैरे र उपप्रमुखमा रेणुका काउचा, जैमुनी नगरपालिकाको प्रमुखमा इन्द्रराज पौडेल र उपप्रमुखमा कौशिला विश्वकर्मा, ढोरपाटन नगरपालिकाको प्रमुखमा अर्जुन शेरचन र उपप्रमुखमा दिलमाया पौवीले उम्मदेवारी दिएका छन् ।

बागलुङ नगरपालिकामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ । जसअनुसार प्रमुखमा एमालेका जनक पौडेल र उपप्रमुखमा राप्रपाका सुरेन्द्र खड्काको उम्मेदवारी परेको छ । एमालले अन्य स्थानीय तहमा राष्ट्रिय जनमोर्चासँग एकता गरेर चुनावी मोर्चामा उत्रिएको छ । एमालेले जनमोर्चालाई प्रमुख दिएर गलकोट नगरपालिकामा उपप्रमुखमा रत्ना भण्डारीेलाई उम्मदेवार बनाएको छ । यस्तै, जैमुनी नगरपालिकामा प्रमुखमा राष्ट्रिय जनमोर्चाबाट नरबहादुर पुन र उपप्रमुखमा एमालेबाट लीला राना उम्मदेवारी दिएका छन् ।

ढोरपाटन नगरपालिकामा एमालेबाट प्रमुखमा देवकुमार नेपाली र उपप्रमुखमा कर्मती घर्तीले उम्मदेवारी दर्ता गराएका छन् । राजमोबाट प्रमुखमा गौरीश्वर पाण्डे र उपप्रमुखमा दर्गादेवी घर्तीले पनि मनोनयन दर्ता गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट बागलुङ नगरपालिकाको प्रमुखमा कुशुम बुढा र उपप्रमुखमा निर्मल श्रेष्ठ, गलकोट नगरपालिकाको प्रमुखमा फमलाल न्यूरे र उपप्रमुखमा ललिता थापा, ढोरपाटन नगरपालिकाको प्रमुखमा शेरमान घर्ती र उपप्रमुखमा दिपश्ना मगर सुनार, जैमिनी नगरपालिकाको प्रमुखमा शोभाप्रसाद शर्मा र उपप्रमुखमा देवी शर्माको उम्मदेवारी परेका छन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित