FLASH NEWS
  • Loading...

काभ्रेपलाञ्चोकमा उत्साहपूर्वक सहभागितामा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ३९ पटक पढिएको
Post Thumbnail

बनेपा, २० वैशाख । नेपाली काँग्रेसले बनेपा नगरपालिकाको प्रमुखमा राम जोशी, उपप्रमुखमा निर्मला श्रेष्ठ, धुलिखेल नगरपालिकाको प्रमुखमा रमेश हुमागार्इं, उपप्रमुखमा निर्मला योगल श्रेष्ठ, पनौती नगरपालिकाको प्रमुखमा विदुर वञ्जरा, उपप्रमुखमा अन्जु रञ्जित, नमोवुद्ध नगरपालिकमा कुन्साङ लामा, उपप्रमुखमा कमला खनाल, पाँचखाल नगरपालिकामा महेश खरेल, उपप्रमुखमा लक्ष्मी दनुवार, मण्डन देउपुरमा अच्युत पौडेल, उपप्रमुखमा राधिका ढकालले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी, रोशी गाउँपालिकाको प्रमुखमा दलबहादुर तामाङ, उपप्रमुखमा लक्ष्मी बर्तौला, तेमाल गाउँपालिकाको प्रमुखमा सलामसिंह लामा, उपप्रमुखमा दुर्गामाया लामा, चौरी देउराली गाउँपालिकाको प्रमुखमा विक्रमराज गौतम, खानीखोला गाउँपालिकाको प्रमुखमा गोपाल दर्लामी, उपप्रमुखमा तारादेवी आचार्य, बेथानचोक गाउँपालिकाको प्रमुखमा गोपाल तिमल्सिना, उपप्रमुखमा सरिता लामिछाने तामाङ, भुम्लु गाउँपालिकामा तस्बिर लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै, नेकपा (एमाले)ले बनेपा नगरपालिकाको प्रमुखमा लक्ष्मीनरसिंह वादे, उपप्रमुखमा रेखा दाहाल, धुलिखेलमा अशोक व्याञ्जु, उपप्रमुखमा जमुना लामा, पाँचखालको प्रमुखमा रुद्र बानियाँ, उपप्रमुखमा भक्तकुमारी लामा, नमोबुद्धको प्रमुखमा टिपी तिमल्सिना, उपप्रमुखमा रामदेवी लामा, मण्डन देउपुरको प्रमुखमा टोकबहादुर वाइवा, उपप्रमुखमा निर्मला शाही, चाँैरी देउराली गाउँपालिकामा लेखराज गौतम प्रमुख तथा उपप्रमुखमा यशु लामा, भूम्लु गाउँपालिकाको प्रमुखमा गुमानध्वज कुँवर, उपप्रमुखमा कल्पना श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी, तेमाल गाउँपालिकाको प्रमुखमा प्रदीप लामा, उपप्रमुखमा उषा घिसिङ, रोशी गाउँपालिकाको प्रमुखमा बज्रध्वज वाइवा, महाभारत गाउँपालिकाको प्रमुखमा राजकुमार कँुवर, उपप्रमुखमा रविमाया अस्तानी, बेथानचोक गाउँपालिकाको प्रमुखमा प्रेम लामा, उपप्रमूखमा उन्नति केसी, खानीखोलामा कृष्णबहादुर खुलाल र उपप्रमुखमा रुक्मणी गुरुङ रहेका छन् । उम्मेदवारी दर्ता गराएकामध्ये टोकबहादुर वाइवा र ब्याञ्जु नेकपा (एमाले) काभ्रेपलाञ्चोकको अध्यक्ष र उपाध्यक्ष हुन् ।

यस्तै, नेकपा (माओावादी केन्द्र)बाट बनेपा नपाको प्रमुखमा भोला अर्याल, उपप्रमुखमा सुशिला श्रेष्ठ, धुलिखेलको प्रमुखमा सरस्वती लामा, उपप्रमुखमा दीनदयाल श्रेष्ठ, पनौती नगरपालिका प्रमूखमा जगन्नाथ गिरी, उपप्रमुखमा विमला सापकोटा, नमोबुद्धको प्रमुखमा रत्न लामा, उपप्रमुखमा नानु घतामी, पाँचखालमा आइतेसिंह तामाङ, उपप्रमुखमा अस्मिता थापा मगर, मण्डन देउपुरमा रीता ढकाल, उपप्रमुखमा निरञ्जन विष्ट, चौँरी देउराली गाउँपालिकाको प्रमुखमा दीनानाथ गौतम, उपप्रमुखमा तारा गौतम, खानीखोलामा इन्द्रबहादुर थिङ, उपप्रमुख विष्णुमाया तामाङ, महाभारतमा कान्छामान जिम्वा, उपप्रमुखमा रीना मगर, तेमालमा गङ्गाबहादुर दोङ र उपप्रमुख कल्पना लामाले मनोनयन दर्ता गराएकाछन् ।

उम्मेदवार मनोनयन गरेकामध्ये दीनानाथ गौतम, इन्द्रबहादुर थिङ र गङ्गाबहादुर दोङ क्रमसः जिल्लाका अध्यक्ष, उपाध्यक्ष र सचिव हुन् । जिल्लामा २६ दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् । मनोनयनपछि आज उम्मेदवारको सूची प्रकाशन र उम्मेदवारको विरोधमा उजुरीको कार्यक्रम रहेको छ ।

प्रमुख पदमा तीन महिलाको उम्मेदवारी

धुलिखेल ः काभ्रेपलाञ्चोक जिल्लामा प्रमुख पदमा तीनजना महिलाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाको धुलिखेल नगरपालिकाबाट प्रमुख पदमा सरस्वती लामा (कविता), मण्डन देउपुर नगरपालिकाको प्रमुख पदमा रीता ढकाल (धरिना) र तेमाल गाउँपालिकाको अध्यक्षमा होम कुमारी तामाङ (अस्मिता)ले मङ्गलवार उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

लामा र ढकाल नेकपा (माओवादी केन्द्र)बाट प्रमुख पदमा उम्मेदवारी दिएका हुन् भने तामाङ नयाँ शक्ति नेपाल पार्टीबाट रहेकी छन् । लामा र ढकाल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हुन् भने लामा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद् सदस्य हुन् ।

निर्वाचनमा सरस्वती लामा (कविता)ले नेपाली काँग्रेसका २ नं क्षेत्रका क्षेत्रीय सभापति रमेश हुमागाईं र एमालेका जिल्ला उपाध्यक्ष अशोक ब्याञ्जुसँगको प्रतिस्पर्धामा उभिएका छन् । उता होमकुमारी तामाङ (अस्मिता)ले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य गङ्गाबहादुर तामाङ (बमध्वज), नेकपा (एमाले)का जिल्ला सदस्य प्रदीप लामा र नेपाली काँग्रेसका सलाम सिं लामासँगको प्रतिस्पर्धामा उभिएका हुन् ।

ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले)ले भने उपप्रमुख र उपाध्यक्षमा मात्रै महिलालाई उम्मेदवारी मनोनयन गर्न अगाडि बढाएका छन् । राजनीतिक हिसाबले महिलालाई पुरुषसँग प्रतिस्पर्धा गर्न कठिन हुने र चुनावमा पदमा उठ्ने मात्रै नभई जित्ने पनि हुनुपर्ने भन्दै ती दलले महिलालाई प्रमुख वा उपप्रमुखमा नउठाएको बताएका छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्यले यसअघि नै महिलालाई मुख्य पदमा उठाउने कुरा अवसर दिनका लागि मात्रै बताएका थिए । “हामीले महिलालाई प्रमुख पदमा उठाउने मात्रै होइन जितको सुनिश्चितता कस्को हुन्छ, उसलाइै नै दिने हा”, आचार्यको भनाइ थियो ।

एमालेले पनि महिलालाई उठाउने मात्रै नभई जीत देखाउन पनि महिलालाई प्रमुखमा उठ्न कठिन भएको भन्दै उपप्रमुख तथा उपाध्यक्षमा नै सिमित राखेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित