FLASH NEWS
  • Loading...

चौवालीस हजारको मनोनयनपत्र दर्ता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८८ पटक पढिएको
Post Thumbnail

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा यही वैशाख ३१ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुँदैछ । उक्त निर्वाचनका लागि मङ्गलबार भएको मनोनयनमा नगरपालिका÷गाउँपालिकाका प्रमुख÷अध्यक्षमा एक हजार ८४७, उपप्रमुख÷उपाध्यक्षमा एक हजार ३६७ र वडा अध्यक्षमा १० हजार २४ ले मनोनयन दर्ता गरेका छन् ।

आयोगमा विभिन्न जिल्लाबाट आज साँझ अबेर प्राप्त विवरणअनुसार वडा सदस्यमा १५ हजार ९३७, महिला सदस्यमा सात हजार ९३६ र दलित महिला सदस्यमा छ हजार ५८९ ले मनोनयन दर्ता गरेका छन् । इन्टरनेट प्रविधिमा देखिएको गडवढीका कारण दुर्गमका केही जिल्लाबाट मनोनयन दर्तासम्बन्धी एकिन विवरण आउन अझै बाँकी भएको बुझिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित