FLASH NEWS
  • Loading...

ललितपुरमा तीस जनाको उम्मेदवारी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४२ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, २१ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा तीस जनाको उम्मेदवारी परेको छ ।

सहायक प्रमुख निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार १७ जनाको प्रमुखमा र १३ जनाको उपप्रमुखमा उम्मेदवारी परेको छ । १७ प्रमुखमध्ये ११ पुरुषले विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवारी दिएका छन् भने छन् छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी १३ उपप्रमुखमध्ये नौ जनाले विभिन्न राजनीतिक दलका तर्फबाट र चार जनाले स्वतन्त्र उम्मेदवारी दिएको उहाँले बताउनुभयो । उपप्रमुखमा दुई पुरुष र ११ महिला उम्मेदवार रहेका छन् ।

ललितपुरमा कुल दुई लाख १३ हजार ७३ मतदाता रहेका छन् । महानगरपालिकामा मात्रै एक लाख १३ हजार ९२३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कुल २९ वडा सङ्ख्या रहेको महानगरमा १३२ वटा मतदान केन्द्र रहेको छ । ललितपुर महानगरपालिकाको वडा अध्यक्षमा १६४, महिला सदस्यमा १२९, दलित महिला सदस्यमा ५४ र खुल्लाबाट २६३ जनाको उम्मेदवारी परेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित