FLASH NEWS
  • Loading...

खागले चिलेर चौवालीस जना घाइते

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५३ पटक पढिएको
Post Thumbnail

धादिङ, २१ वैशाख । सिद्धलेख गाउँपालिका–१ नयाँ बस्तीमा खाग (अरिङ्गालभन्दा ठूलो मौरी जस्तो देखिने) ले चिलेर ४४ जना घाइते भएका छन् ।

घाइतेमध्ये २२ जनालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । ठूलो जमातमा आएको खागले घरमा बसिरहेका स्थानीयलाई चिलेको थियो ।

खागले चिलेपछि उनीहरुमा सुन्निने, रिङ्गाटा लाग्ने, टाउको दुख्ने समस्या देखिएको थियो । अनुहार, हात खुट्टा, ढाड, कानलगायत विभिन्न अङ्गमा चिलेर घाइते भएकाको उपचार भइरहेको चिकित्सकले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित