FLASH NEWS
  • Loading...

राइजिङग क्रिकेट वुमन काठमाडौँको जित

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


धनगढी, २२ वैशाख । कैलालीको अत्तरियामा जारी ‘रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता‘को आज भएको खेलमा राइजिग क्रिकेट वुमन काठमाडौँले जित हासिल गरेको छ ।

खेलमा राइजिग क्रिकेट वुमनले कैलाली जिल्ला क्रिकेट एकेडेमीको टोलीलाई १७ रनले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको राइजिग क्रिकेट वुमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३७ रन बनायो । यो योगफल तयार पार्नका लागि विदेशी खेलाडी बङ्गलादेशकी सहनाज प्रवीन र भारतीय खेलाडीद्वय पुजा निमा भाट र लक्ष्मी चौधरीले उत्कृष्ट ब्याटिङग गरेका थिए ।

२० रन बनाएकी सहनाजले १९ रन बनाएकी पुजासँग पहिलो विकेटका लागि २४ रनको साझेदारी गरिन । सहनाजले दोस्रो विकेटका लक्ष्मी चौधरीसँग ४५ रनको साझेदारी गरिन । लक्ष्मीले पनि आफ्नो टिमका लागि २० रनको योगदान गरिन । कैलाली जिल्ला क्रिकेट एकेडेमिका लागि चाँदनी शाहले दुई विकेट लिइन् । सुमन विष्ट, अञ्जली चन्द र लक्ष्मी साउदले एक एक विकेट लिइन् ।
एक सय ३८ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमिले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा एक सय २० रन मात्रै बनाउन सक्यो । नितु भण्डारीले ३५, मन्जु भण्डारीले २० र कविता कँुवरले १७ रन बनाइन् । पहिलो विकेटका लागि नितु र मन्जुले ४८ रनको साझेदारी गरेकी थिइन् । दोस्रो विकेटका लागि मन्जुले कवितासँग ३६ रनको साझेदारी गरे पनि त्यसपछि लामो साझेदारी बन्न नसक्दा कैलालीको टिमले हार व्यहोरेको हो ।

राइजिग क्रिकेट वुमनका लागि अस्मिता कर्माचार्यले तीन विकेट लिइन् । पुना निराभाटले दुई तथा आरती विडारी र कृति सेनले एक एक विकेट लिइन् । खेलमा १९ रन बनाएर एक विकेट लिएकी भारतीय खेलाडी पुजा निभा भाट वुमन ‘अफ ‘द’ म्याच‘घोषित भई नगद तीन हजार हात पारिन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित