FLASH NEWS
  • Loading...

पेट्रोल बम निष्क्रिय

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail


चितवन, २३ वैशाख । भरतपुर महानगरपालिका–१० स्थित स्याउलीबजारमा आज बिहान पेट्रोल बम भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार स्याउलीबजारस्थित हेमराज पौडेलका घरबाट दुई सय मि अगाडि खाली चौरमा बम भेटिएको हो । बम प्रहरीले निष्क्रिय गरेको थापाले जानकारी दिनुभयो । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का तर्फबाट महानगरपालिका प्रमुखको उम्मेदवार रहनु भएकी रेणु दाहालको मामा पौडेलका घरमा रोकिराखिएको बा ११ च ९०३० नंको गाडीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

यस्तै निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टीका १३ कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये नौ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित