FLASH NEWS
  • Loading...

घरदैलो कार्यक्रममा उम्मेदवार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८३ पटक पढिएको
Post Thumbnail

:yfgLo txsf] lgjf{rgsf nflu uf]/vf gu/kflnsfsf] k|d’v tyf pkk|d’vnufot laleGg !$ j8fdf pd]bjf/L lbg d’Vo lgjf{rg clws[tsf] sfof{no tkm{ hfFb} g]skf Pdfn]sf g]tf tyf sfo{stf{ . tl:a/ M k|zGg kf]v/]n, uf]/vf÷/f;;


काठमाडौँ, २३ वैशाख । पहिलो चरणमा निर्वाचन हुने मुलुकका २८३ स्थानीय तहमा निर्वाचनको प्रचारप्रसार शान्तिपूर्ण र निकै उत्साहपूर्ण ढङ्गबाट सुरु भएको छ ।

निर्वाचन आयोगबाट शुक्रबार चुनाव चिह्न प्राप्त गरेपछि मतदातालाई आफ्नो पकडमा पार्न प्रचारप्रसारका सामग्रीसहित आमसभाका अतिरिक्त उम्मेदवारबाट घरदैलो कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणको निर्वाचन ३, ४ र ६ नं प्रदेशका ३४ जिल्लामा यही वैशाख ३१ गते आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हँुदैछ ।

सधैँजसो राजधानी र जिल्ला सदरमुकाममा रहने अधिकांश पार्टीका नेताहरु अहिले निर्वाचनको प्रचारप्रसारका लागि लामो समयपछि स्थानीय तहका वडा–वडामा पुगिसकेका छन् । निर्वाचनको प्रचारप्रसारको समय छोटो भएकाले खासगरी सडक सञ्जाल नपुगेका पहाडी तथा हिमाली क्षेत्रका उम्मेदवारलाई अहिले निकै चापाचाप भएको छ ।

सुगम क्षेत्रका उम्मेदवार भने पार्टीको झन्डा र उम्मेदवारको तस्बिर अङ्कित चुनावी पोस्टर सवारी साधनमा टाँगेर दलबलसहित बिहानदेखि नै प्रचारमा जुटेको देखिएको छ । ठूलो आकारको मतपत्र भएका कारण भोट कसरी हाल्ने भन्ने पाटोमा मतदातालाई आवश्यक शिक्षा पु¥याउने विषय निकै चुनौती रहेको उम्मेदवारबाट गुनासो सुनिएको छ ।

nlntk’/df dgf]gog btf{
nlntk’/sf g]skf Pdfn]sf g]tf tyf sfo{stf{ :yfgLo txsf] hgk|ltlglwsf] lgjf{rgsf] nflu dªunaf/ pDd]bjf/L dgf]gog btf{ ug{ dxfgu/kflnsftkm{ hfFb} . tl:a/ M k|bLk/fh jGt, /f;;


निर्वाचन आयोगले निर्वाचनमा खटिएका कर्मचारी, राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमलाई मतदातालाई निर्वाचनमा सहभागी हुन र आचारसंहिता पालनाको सन्देश गाउँगाउँमा पु¥याउन पटकपटक आग्रह गर्दै आएको छ । निर्वाचन आयोगबाट अनुगमनका लागि कालीकोट खटिनुभएकी सहसचिव इन्दिरा दाहालले शिक्षामा पछि परेको तथा भौगोलिक विकटता भए पनि निर्वाचन आचारसंहिताको परिधिभित्र रहेरै उम्मेदवारले एकाएक निर्वाचनको राम्रो वातावरण बनाएको प्रतिक्रिया दिनुभयो ।

हिमालपारिको जिल्लाका रुपमा परिचित डोल्पा पुग्नुभएका सहसचिव देवराज ढकालले शान्तिपूर्ण र उत्साहपूर्वक रुपमा प्रचारप्रसारमा जुट्दै आफ्नो पकड बलियो बनाउन उम्मेदवारहरु निकै हतारोमा घरदैलो कार्यक्रममा रहेको जानकारी दिनुभयो ।

सिन्धुलीका लागि खटिनुभएका सहसचिव भक्कप्रसाद आचार्यले जिल्लामा उपलब्ध साधन स्रोतको उपयोग गर्दै निर्वाचनको तयारीलाई अघि बढाइएको जानकारी दिँदै कर्मचारी परिचालन र शान्ति सुरक्षाको अवस्था राम्रो रहेको प्रतिक्रिया दिनुभयो । पहिलो चरणको निर्वाचनबाट १३ हजार ५५६ जनप्रतिनिधिको चयन हुनेछ । सिन्धुलीमा तीन दिनदेखि पटकपटक ठूलो पानी परेकाले प्रचारप्रसारको काममा उम्मेदवारलाई केही कठिनाइ पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ जना मतदातालाई मतदान गर्नेछन् भने त्यसका लागि मतदान केन्द्र छ हजार ६४२ कायम गरिएको छ ।

जुम्लामा रहनुभएका सहसचिव कृष्णजीवी घिमिरेले मतदाता, उम्मेदवार र मतदान अधिकृतमा देखिएको उत्साह र निर्वाचन गर्नैपर्छ भन्ने दृढ सङ्कल्पले निर्वाचनको वातावरण सौहार्द बनेको प्रतिक्रिया दिनुभयो ।

म्याग्दीमा रहनुभएका सहसचिव महेन्द्र गुरागार्इंले राजनीतिक दलका उम्मेदवारबाट एक अर्कामा आरोप प्रत्यारोप गर्ने तथा आचारसंहिता उल्लङ्घन गरेको भन्नेजस्ता हालसम्म कुनै पनि गुनासो जनाउँदै शान्तिपूर्ण रुपमै उम्मेदवार प्रचारप्रसारमा जुटेका छन् भन्नुभयो । बीस वर्षपछि हुन लागेको निर्वाचनको महाअभियानको माहोल बनाउँदै मतदातालाई आफ्नो पक्षमा ल्याउने दौडधुप र चटारोमा उम्मेदवारको दिनचर्या बितेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित