FLASH NEWS
  • Loading...

शेरचनको शव काठमाडौँमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९५ पटक पढिएको
Post Thumbnail

Min Bahadur Sherchan. Photo: THT/ File


सल्लेरी (सोलुखुम्बु), २४ वैशाख । सगरमाथा आधार शिविरमा निधन हुनुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको शव आज काठमाडौँ लगिएकोे छ ।

शनिबार साँझ आधार शिविरमा निधन हुनुभएका शेरचनको शव परीक्षणका लागि आज बिहान १० बजे लुक्लाबाट काठमाडौँ लगिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

आधार शिविरबाट बिहान करिब ८ बजे तेन्जिङ हिलारी बिमानस्थल लुक्ला ल्याइएको शव फिस्टेल एयरको हेलिकम्पटरमार्फत काठमाडाँै लगिएको छ । त्रिवि, शिक्षण अस्पताल महाराजगन्जमा शव परीक्षणपछि बौद्ध परम्परानुसार अन्येष्टि गरिने बताइएको छ ।

विसं २०६५मा मा ७६ वर्षका उमेरमा तीन सय ४० दिन लगाएर सगरमाथा चढी कीर्तिमान राख्नुभएका शेरचनको कीर्तिमान २०७१मा ८१ वर्षीय जापानी युउचिरो मिउराले तोडेकाले शेरचन ८६ वर्षका उमेरमा सगरमाथा आरोहणको तयारीमा हुनुहुन्थ्यो ।

म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते सात सदस्यीय समूहसहित काठमाडौँबाट हिँड्नुभएको थियो ।
शेरचनको विसं २०७० र २०७२ मा सगरमाथा आरोहण योजना असफल भएको थियो । यस वर्ष भने अभियान सफल बनाउने बताउँदै उहाँ काठमाडाँैबाट हेलिकप्टरमार्फत तेन्जिङ हिलारी विमानस्थल लुक्ला हँुदै आधार शिविर पुग्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित