FLASH NEWS
  • Loading...

डढेलोले अहिलेसम्म चार सय २३ हेक्टर वन क्षति

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४० पटक पढिएको
Post Thumbnail


गुलरिया (बर्दिया), २४ वैशाख । गर्मी याम सुरु भएसँगै बर्दियाको सामुदायिक वनमा फैलिएको डढेलोले अहिलेसम्म चार सय २३ हेक्टर वन बिनास भएको छ । डढेलोका कारण मयूरबस्ती इलाकाअन्तर्गत कन्जरवा वन क्षेत्र बढी प्रभाबित भएको छ ।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत द्रोण शर्माका अनुसार डढेलोबाट २२ वटा सामुदायिक वनका साना बिरुवा र जडिबुटि नष्ट भएका छन् । गत वर्ष यसै अवधिमा २३ सय हेक्टर वनमा डढेलो लागेको कार्यालयले जनाएको छ । यस वर्षको डढेलो गत वर्षको तुलनामा कम हो । सचेतना कार्यक्रम, संरक्षण कार्यक्रम, अग्नि रेखा निर्माण र सरसफाइका कारण गत वर्षभन्दा यस वर्ष डढेलो केही कम हुँदै गएको हो । बर्खायाम आउन अझै डेढ महिना बाँकी भएकाले वनमा डढेलो लाग्न सक्ने स्थानमा सचेत रहन उक्त कार्यालयले स्थानीयवासीलाई आग्रह गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको करिब दुई सय ठाउँमा आगो सल्किएको छ । अधिकांश ठाउँमा सल्केको डढेलो नियन्त्रणमा आएको निकुञ्जले जनाएको छ । डढेलोसँगै चलेको हावाले निकुञ्जआसपासका गाउँमा धुवाँले स्थानीयवासीको स्वास्थ्यमा समस्यामा देखापर्न थालेको छ । निकुञ्जभित्र मह काट्ने, घाँस दाउरा गर्ने र चोरी–सिकारीले आगो लगाउने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख सरंक्षण अधिकृत रमेश थापाले बताउनुभयो ।

बर्सेनि गर्मीयाममा हुने डढेलोले निकुञ्जमा क्षति पु¥याउँदै आएको छ । दमकल नपुग्ने विकट क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न भने समस्या देखिने गरेको छ । निमित्त प्रमुख सरंक्षण अधिकृत थापाका अनुसार डढेलो उत्तरको चुरे पहाडबाट सुरु भइ दक्षिणी क्षेत्रमा फैलिएको र यसले उत्तरी र पूर्वी क्षेत्रमा बढी क्षति पु¥याएको छ । मधुवन नगरपालिका–१ सूर्यपटुवामा रहेको ओराही सामुदायिक वनमा पनि डढेलोले क्षति पु¥याएको छ ।.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित