FLASH NEWS
  • Loading...

प्रधानन्यायाधीश कार्की नियमित काममा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८८ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २४ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा फर्किनु भएको छ।

कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कार्कीलाई पूर्ववत् अवस्थामा काममा फर्काउन र महाअभियोग प्रस्ताव अघि नबढाउन संसद र सरकारका नाममा अन्तरिम आदेश दिएपछि कार्की आइतबारदेखि नियमित काममा फर्किनु भएको हो।

प्रधानन्यायाधीश कार्की आइतबार विहान साढे ९ बजे नै सर्वोच्च पुग्नु भएको थियो। सर्वोच्च अदालत पुग्नासाथ प्रधानन्यायाधीश कार्कीले न्यायाधीशहरुको इजलाश तोक्नु भएको छ। न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले शुक्रबार कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि नबढाउन र काममा फर्काउन सरकार र संसदका नाममा अन्तरिम आदेश दिएको थियो।

सर्वोच्चको आदेशसँगै प्रधानन्यायाधीश कार्कीले शुक्रबार आफ्नो निवासबाटै केही प्रशासनीय कागजातमा हस्ताक्षर गर्दै काम सुरु गर्नु भएको थियो। सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव गरेपछि गत आइतबारदेखि निलम्बनमा पर्नु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित