FLASH NEWS
  • Loading...

विप्लव कार्यकर्ता पक्राउ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४४ पटक पढिएको
Post Thumbnail

बनेपा, २५ वैशाख । प्रहरीले काभ्रेपलाञ्चोकमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकतामाथि निगरानी बढाएपछि धमाधम पक्राउ गर्न थालेको छ ।

आइतबार प्रहरीले धुलिखेलबाट थप दुई कार्यकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–११ का कान्छा लामा र धुलिखेलकै रमेश परियार रहेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । दुवै जना नेकपा, काभ्रेपलाञ्चोकको जिल्ला सदस्य हुन् ।

यसअघि शुक्रबार मात्रै दुई कार्यकर्तालाई मण्डनदेउपुर नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको थियो । जिल्लामा करिब १०० जना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रहेको अनुमान गर्दै प्रहरीले उनीहरुमाथि कडा निगरानी राखिएको प्रनाउ राईले जानकारी दिनुभयो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन बिथोल्ने घोषणा गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित